नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । ‘बेइजिङ टाइम’ का अनुसार यी दुई राष्ट्र प्रमुखबीच कोरोना भाइरसको महामारीलाई लिएर शुक्रबार बिहान टेलिफोनमा कुराकानी भएको हो ।
टेलिफोन वार्तामा यी दुई नेताबीच कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सँगै अघि बढ्ने प्रतिबद्धता भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सी जिनपिङसँग टेलिफोन वार्ता भएको बताएका छन् ।
‘भर्खरै चिनियाँ राष्ट्रपतिसँग टेलिफोनमा राम्रो वार्ता भयो । कोरोना भाइरसको सङ्क्रमणलाई कसरी रोक्ने भनेर कुराकानी भयो । भाइरसका बारेमा चीनलाई धेरै थाहा छ र उसले बुझेको पनि छ । हामी सँगै सहकार्य गर्नेछौँ । धेरै आदर ।’
Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!
— Donald J. Trump (@realDonaldTrump) March 27, 2020
गएको वर्षको अन्त्यतिर चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ भाइरसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि लगातार ‘चिनियाँ भाइरस’ बताउँदै आएका थिए । तर यसपटक आश्चर्यको कुरा के हो भने, ट्रम्पले ‘भाइरस’ मात्रै भने ।
शुक्रबार बिहान कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै पढैपछि अमेरिका सङ्क्रमणका हिसाबले पहिलो नम्बरमा उक्लिएको छ । अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार नाघिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।