नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ ।
नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै कोरोना सङ्क्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सक सहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।
विदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुको घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन सुरु गरेको छ । ‘मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेका छौ’, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो “टेकु अस्पतालबाट किट ल्याएर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी टेकु पठाउन सुरु गरेका छौ ।’
विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखेको जानकारी दिँदै उहाँले शंकास्पद व्यक्ति आए उपचार गर्न आइसोलेसनदेखि डाक्टरको टोली तयारी अबस्थामा राखेको जानकारी दिनुभयो । नगरपालिकाले अहिलेसम्म वडा नं. ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरि स्वास्थ्य परीक्षण गरेको छभने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगन संकलन सुरु गरेको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य निगरानीमा राखिएको छ ।
मध्यपुर नगरपालिकाद्वारा संचालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा चारवटा भेन्टिलेटरसहित कोरोना संक्रमित मात्रै बोक्नका लागि एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ । मध्यपुरथिमिका मात्रै नभई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा शैया अभाव भएमा यहाँ उपचारमा गर्न सकिने गरी त्यारी अबस्थामा राखिएको छ । संक्रमितको उपचारमा खटिने चिकित्सकको टोलीका लागि आवश्यक पिपिइ सेट सहित सबै सामाग्री तयारी छ ।
‘कोरोना संक्रमित विरामीको उपचारका लागि हामी तयारी अबस्थामा छौ, हाम्रो अस्पतालमा अहिले चार वटा भेण्टिलेटर सहित आईसियू तयारी छ, दुईवटा भेण्टिलेटर थप्ने तयारीमा छौ’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अबस्थामा राखेका छौ, अस्पतालको नयाँ ब्लक र भवनमा तत्काल १६ शय्याको आइसोलेसन वार्ड तयारी छ, एउटा गेष्टहाउसलाई क्वारेन्टाइनका लागि तयारी अबस्थामा राखेका छौ ।’ आवश्यकता पर्दा आइसोलेसन वार्डलाई ४० शैयासम्म पुर्याउने गरि तयारी गरेको छ ।
अस्पताल नजिकैको गेष्ट हाउसलाई विरामीको उपचारमा २४ सै घण्टा खटिन अलर्टमा रहेका डाक्टरसहितको टोलीका लागि आवासीय व्यबस्था गरेको जानकारी दिदै नगरप्रमुख श्रेष्ठले गेष्ट आउस मै क्वारेन्टाइनको समेत व्यबस्था गरेको बताउनुभयो । उहाँले गेष्ट हाउस र बोडेको कृषि विकास बैंकको तालिम भवनमा गरि ७० जना क्षमताको क्वारेन्टन तयारी अबस्थामा राखेको जानकारी दिदै आवश्यक परे यसलाई थप्दै जाने बताउनुभयो ।
प्रत्येक वडाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ । अस्पतालले नयाँ संचालनमा ल्याएको ल्याबमा कोरोनासंग मिल्दोजुल्दो लक्षणको परीक्षण सुरु गरेको छ । स्वाब परीक्षण र संक्रमितको पहिचानका लागि भने टेकु अस्पताल मै पठाउने गरेको छ । नगरपालिकाले भाइरस निर्मलीकरण स्प्रे छर्न सुरु गरेको छ । बाहाखा बजार सहित भित्री बस्तीमा स्प्रे छरेको छभने आवश्यकता र माग अनुसार आज अन्य क्षेत्रमा पनि स्प्रे छर्ने भएको छ । आज लोहकिथली ,कौसल्टार,गठ्ठाघर, सानोथिमि, नगदेश, बोदे ,तिगनी,निकोसेरा ,राधेराधे लगायत क्षेत्रमा हुने१ टोलिलाई सहयोग गर्नु अनुरोध सहित११
खाद्यान्न अभाव हुन नदिने
नगरपालिकाले मध्यपुरथिमि क्षेत्रमा खाद्यान्नको अभाव र भोकमरी हुन नदिने भएको छ । खाद्यान्नको अभाव भए खाद्य स्टोरहरु मार्फत बिक्री वितरणको व्यबस्था मिलाउने भएको छ । केही परिमाणमा अत्यावश्यक खाद्यान्नहरु नगरपालिकाले स्टोर गरि वडा कार्यालयहरु मार्फत वितरणको व्यबस्था गर्ने तयारी छ ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो–“मध्यपुरथिमिमा अत्यावश्यक खाद्यान्नको अभाव हुन दिने छैनौ, आर्थिक अबस्था न्यून भएका र दैनिक ज्यालादारीमा बाच्नुपर्नेहरुका हकमा कतिपय स्थानीय साथीहरुले हामी व्यवस्था गर्छौ भन्नुभएको छ । नगरपालिकाले पनि गरिब, मजदुरहरुको पहिचान गरि भोकै बस्नुपर्ने अबस्था आएमा प्रत्येक वडा कार्यालय मार्फत खाद्यान्न वितरण गर्ने व्यबस्था गरेका छौ ।”
उहाँले कोरोना भाइरसको महामारीदेखि नआत्तिन, घरभित्रै सुरक्षित रुपमा रहन र समस्या परेमा नगरपालिका तथा जनप्रतिनिधीलाई जानकारी गराउन समेत नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
prabina shrestha
March 30, 2020, 6:38 a.m.Dherai ramro. Thank you for starting this. I am sure other local authorities will also learn from this.
premananda shrestha
March 29, 2020, 6:52 a.m.धेरै राम्रो काम । जनप्रधिनिधिको परिक्षण यस्तै समयमा हुने भयकोले अझै सकृय होऔ