एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा
माघ ५, २०८१ शनिबार
काडमाण्डौ – सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । मङ्गलबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ सरकारले अझै केही दिन लम्ब्याउने तयारी गरेको हो ।
परराष्ट्र मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य प्रदीपकुमार ज्ञवालीले उज्यालोसँगको कुराकानीमा अहिलेसम्म लकडाउन सफल भएको र समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन लकडाउन केही दिन थप गर्नेबारे छलफल भएरहेको र आज या भोलि उच्चस्तरीय संयन्त्रको बैठक बसेर निर्णय गर्ने बताउनुभयो । लकडाउन थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहन उहाँले आमनागरिकलाई आग्रह गर्नुभयो ।
१४ दिनसम्म कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिने जोखिम कायमै हुने भएकाले शङ्कास्पद बिरामीको पहिचान र उपचार गर्न सहज वातावरण बनाउन पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलार्इ आवश्यक सहयोग गर्न सरकार गम्भीर रहेको र तत्कालका लागि पालिकाहरुले यसको समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका वर्गलाई भोकै मर्न नदिने उहाँको भनाइ छ ।
लकडाउनका बेला अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, मौज्दात रहेको र खाद्यान्न नियमित बिक्री वितरणको व्यवस्था मिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।