युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
जनकपुरधाम– प्रदेश २ सरकारले ‘लकडाउन’को मारमा परेका प्रदेशभरिका गरिब र मजदुरलाई ‘लकडाउन’ अवधिभर खाना खुवाउने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार जनकपुरधाममा सम्पन्न बैठकले ‘लकडाउन’को कारण समस्यामा परेका गरिब र मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको हो ।
संघीय सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशैभरि ‘लकडाउन’ गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले खानाको व्यवस्थापनका लागि प्रदेशभित्रका स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
सोही बराबरको रकम व्यवस्था गर्न स्थानीय सरकारहरुलाई आग्रह गर्ने निर्णय समेत गरिएको मन्त्री यादवको भनाइ छ ।
प्रत्येक स्थानीय तहमा स्थानीय सरकारका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय समाजसेवी संस्थाहरुसम्मिलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि समेत तयार पारिएको छ ।
यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमा गरिनुका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिइने निर्णय पनि गरिएको मन्त्री यादवले बताउनुभयो ।
सरकारले कोरोना रोकथामको लागि हालसम्म गरेको प्रयास र आउँदा दिनमा लिइने नीतिबारे जानकारी गराउन आजै सर्वदलीय बैठक समेत बोलाएको थियो ।
बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।