अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
चितवन – काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत भएकाे छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो ।
सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशूलीमा खसेको प्रहरीले बताएको छ ।
घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्दार गरेका थिए ।
घाइतेहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशील सिं राठौरले ५ जना घाइतेलाई पोखरा पठाएको जानकारी दिनुभयो ।
बस सडकबाट खस्दा खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको थियो ।
१. पाल्पा, बगनास कालिका गाउँपालिका, वर्ष ३२ – अर्जुन न्यौपाने
२. नाम, थर, वतन नखुलेका, वर्ष ३ – बालक
३. नाम, थर, वतन नखुलेका, वर्ष १९ – महिला
४.तनहुँ, भानु न.पा–५, वर्ष २७ – सुमित श्रेष्ठ
५. तनहुँ,भन्सार, अन्दाजी वर्ष २७ – कमला श्रेष्ठ
६. काठमाडाैं, वर्ष ३० – रबिन गुरुङ
७. तनहुँ , केशवटार–वर्ष ४० – बाबुराम तिवारी
८. भारत, बिहार बेतिया– फिरोज मिया
घाईतेहरुः
१. धादिङ, गजुरी, वर्ष २२–सन्तोष सुवेदी - मध्यम ( गजुरी धादिङ लगेको)
१. बस चालक–स्याङजा पुतलीबजार न.पा–१, वर्ष ५१– उदयराज लामिछाने, दाहिने हातमा चोट - मध्यम
२. चितवन, कालिका न.पा.,शक्तिखोर, वर्ष ९– क्रिस गुरुङ, टाउकोमा चोट - मध्यम
३. कास्की, पोखरा, वर्ष ४५–भक्त ब.बस्नेत - गम्भीर
४. नुवाकोट बिदुर न.पा-५, वर्ष १८ - सौजन गजुरेल - मध्यम
५. कास्की पोखरा, वर्ष २५ - मेघ बहादुर पुन- मध्यम
६. तनहुँ, डुम्रे भन्सार, वर्ष ५१ - बिष्णु कुमार श्रेष्ठ - मध्यम
१ धादिङ, नीलकण्ठ न.पा.–६, वर्ष २१–रमिता राना - गम्भीर
२. स्याङजा, वालिङ न.पा–९, वर्ष ४०–प्रमोद पंगेनी - गम्भीर
३. पर्वत, कुश्मा न.पा.–१४, वर्ष ४०– बासुदेव पौडेल - गम्भीर
४.तनहुँ, छिन्केश्वरी गा.पा–५, वर्ष ५५– प्रतिमाया गुरुङ - गम्भीर
यस बाहेक पहिचान खुल्न नसकेका ५ जना घाइतेलाई पोखरातर्फ पठाइएको प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।