सरकारको राहत घोषणा : बिजुली, इन्टरनेट, टेलिफोन र खाद्य सामग्रीमा छुट

 चैत १६, २०७६ आइतबार २२:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइतबार बेलुका अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले राहत तथा सहुलियत दिने निर्णय गरेको छ ।

यसरि घोषित राहत र सहुलियत बिजुली, इन्टरनेट, दाल चामल लगायत खाद्य सामग्रीमा लागू हुने सरकारका प्रवक्ता अर्थमन्त्री तथा सन्चार तथा सूचना प्रविधि डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार १ सय ५० युनिटसम्म बिजुली बाल्ने ग्राहकहरुलाई फागुन र चैतको महसुलमा २५ प्रतिशत छुट तथा  खाद्य संस्थान तथा साल्ट ट्रेडिङद्वारा वितरित दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशतको छुट दिइनेछ । 

यसैगरी  विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि बैठकले निर्णय गरेको छ । 

 

 

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया