तरकारी, मासु र दूध ढुवानीमा २५ प्रतिशत अनुदान पाइने

 चैत १९, २०७६ बुधबार ८:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न पालिकाले गाडीको बन्दोबन्द गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको राहत वितरण घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको कार्य योजना अनुसार ढुवानीमा २५ प्रतिशत अनुदान सुनिश्चित गरेको हो । यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य विभागलाई जिम्मेवार निकाय तोकिएको छ ।

किसानलाई ढुवानीको पास मिलाउने जिम्मा भने गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई दिइएको छ ।  यो निर्णय मङ्गलबारदेखि नै लागु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया