राहत सामग्री वितरणमा मापदण्ड बनाइने

 चैत १९, २०७६ बुधबार २१:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘लकडाउन’का अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामग्री वितरणमा मापदण्ड बनाइने भएको छ ।

मजदुर तथा विपन्न वर्गका उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु एकै किसिमको मापदण्ड बनाइ उपलब्ध गराइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बुधबार उद्योग तथा वाणिज्य मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा उद्योग मन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीका साथै काठमाण्डौ, ललितपुर र मध्यपुरथिमि नगरपालिकाका प्रमुखहरु सहभागी थिए । 

बैठकले काठमाण्डौ उपत्यका र बाहिरका पालिकाले एकै मापदण्ड अनुसार दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया