जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
जुम्ला - लकडाउनका बीच सुर्खेत जुम्ला उच्च अदालतसहित कर्णालीका पाँच वटै जिल्लाका अदालतहरु संवेदनशील निवेदनका लागि खुला रहेका छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले बन्दी प्रत्यक्षीकरण सहित संवेदनशील मुद्धाका लागि अदालत खुला गरिएको जानकारी गरिएको छ ।
सर्वोच्च अदालतको चैत ७ गते बसेको बैठकको निर्देशन अनुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाको सुधारगृहबाट मुक्ति पाउने भनिएका निवेदन, एक वर्षभन्दा कम समय भएकाहरुलाई जरिबाना तिरेर रिहाइ र कोरोनासम्बन्धी कुनै पनि रिटका बारेमा अदालत खुला रहेको उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चनले जानकारी दिनुभयो ।
उहाँले कर्णालीका ५ जिल्ला हेर्न जिम्मा पाएको उच्च अदालत इजलास जुम्ला अन्तर्गतका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा न्यायाधीश सहित कर्मचारीहरु काममै रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्ला जिल्ला अदालतमा २ वटा निवेदन परेका नाबालकहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । डोल्पामा एक बालक र कालिकोटमा एक गरी सुधार गृहमा रहेका नाबालक लकडाउनको समयमा अभिभावकलाई जिम्मा लगाइएको छ ।
यसैगरी यतिबेला कालिकोटमा तीन, जुम्लामा दुई, डोल्पामा एक र हुम्लामा एक गरी ७ वटा निवेदन परेका जुम्ला इजलासको तथ्यांकमा छ ।
उच्च अदालत सुर्खेत–जुम्ला इजलासमा भने मुख्य न्यायाधिश बाग्चन र न्यायाधीश राकेश कुमार निधी काम गरिरहेकोले त्यस्ता कसैको समस्या भएमा अदालत खुला भएको जानकारी गरिएको हो ।
चैत ९ गतेदेखि अन्य कुनै काम नभएको तर संवेदनशील कामहरु भइरहेको र ढोका खुला भएको आम नागरिकलाई जानकारी दिएको सुर्खेत जुम्ला उच्च अदालत इजलासले जनाएको छ ।
अव कोरोना भाइरसका कारण उपचार हुन नसकेको, कालोबजारी जस्ता कुनै पनि अन्याय भएका रिटहरु आएमा अदालतको ढोका खुला रहने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।