बेलायतमा कोरोनाका कारण भूपू गोरखा सैनिकको ज्यान गयो

 चैत ३०, २०७६ आइतबार ८:३२:२० | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ ।

स्याङ्जा वालिङ घर भइ हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो ।

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।

 

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया