चट्याङ लागेर खोटाङमा दुई जनाको ज्यान गयो

 चैत ३०, २०७६ आइतबार १०:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – केपीलासगढी गाउँपालिका–१, फेदी तोमानेमा शनिबार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

चट्याङबाट ज्यान गुमाउनेमा स्थानीय पर्खजित राईका १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिक रहेका प्रहरीले जनाएको छ ।

शनिबार साँझ पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो । 

चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया