इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

 चैत २, २०८१ शनिबार १२:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुँदैछन् ।

यो समयमा म्यानचेस्टर सिटी र ब्राइटन, नटिङ्घम फरेस्ट र इप्स्विच टाउन, एभर्टन र वेस्ट ह्याम तथा साउथह्याम्पटन र उल्भ्सले खेल्दैछन् । त्यस्तै राति सवा ११ बजे बर्नमाउथ र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ । २८ खेलमा ५५ अङ्कसहित आर्सनल दोस्रो, ५१ अङ्क रहेको नटिङघम फरेस्ट तेस्रो, ४९ अङ्कसहित चेल्सी चौथो र ४७ अङ्क रहेको म्यानचेस्टर सिटी पाँचौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया