जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
चितवन – विगतका वर्षमा यो समयमा चितवनको सौराहा पर्यटकले भरिन्थ्यो । होटलहरूको आम्दानी पनि राम्रो हुन्थ्यो । तर यसपालि विगतको जस्तो चहलपहल छैन । मुख्य याममा चिनियाँ पर्यटक कम आएसँगै सौराहको पर्यटकीय गतिविधि प्रभावित भएको छ ।
विगतमा जस्तो भारतीय र तेस्रो देशका पर्यटक पनि उल्लेख्य सङ्ख्यामा नआएका व्यवसायीले बताएका छन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि कम रहेको उनीहरूको भनाइ छ ।
व्यवसायी दीपक भट्टराईले विगतका वर्षमा यति बेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउनुभयो ।
यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जभित्र बाघ, गैँडा तथा हात्तीलगायत जङ्गली जनावर हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जले जनाएको छ ।
चालू आर्थिक वर्षको सात महिनामा १४ हजार सात सय ४८ जना पर्यटकले निकुञ्ज प्रवेश गरेका निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो । गएको आर्थिक वर्ष त्यही अवधिमा १३ हजार सात सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।