सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डाै – साउदी अरबमा कर्फ्युको अवधि लम्बिएको छ । मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याएको साउदी सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यु थप गरिएको र विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको दूतावासले जनाएकाे छ ।
साउदीअरबमा रहेका नेपाली श्रमिकहरुलाई कर्फ्युको आदेश पूर्ण पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । यस्तै कर्फ्यु पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु, नकरात्मक टिकाटिप्पणी सामाजिक संजालमा नराख्न पनि दूतावासले सचेत गराएको छ ।
साउदी सरकारले कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिबाना तोकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।