सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
कुवेतमा सङ्क्रमण बढ्दै गएको अवस्थामा त्यहाँ रहेका नेपाली श्रमिकलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ ।
विश्व स्वास्थ्यसंगठनले जारी गरेका निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गर्न, घरबाट अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कन, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजरले नियमित रूपमा हात सफा गर्न, खोक्दा वा हाच्छ्यू गर्दा रूमालले मुख छोप्न दूतावासकाे अनुराेध छ ।
यस्तै पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर खान, सागपात, फलफूत राम्रोसँग धोएर मात्र खान, जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न दूतावासले आग्रह गरेकाे छ ।
लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्न, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्य गर्न पनि दूतावासले सुझाएको छ ।
अहिलेसम्म कुवेतमा ११ जना नेपाली समेत गरी १२ सय ३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने एकजनाको ज्यान गएको छ । यस्तै १४२ जना निको भएर घर फर्केका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।