खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्वका विभिन्न देशमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना फैलिँदा अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख १४ हजार जनाको ज्यान गएको छ ।
कोरोना भाइरसकाे सङ्क्रमणका कारण अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
अमेरिकापछि इटलीमा १९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै स्पेनमा १७ हजारभन्दा धेरै, फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।