अफगान सरकारद्वारा ३६१ तालिवान बन्दी रिहा

 वैशाख १, २०७७ सोमबार १४:२७:८ | रासस
unn.prixa.net

काठमाण्डौ - अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिवान बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । 

राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताउनुभयो । 

प्रवक्ता फैजलले देशको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताउनुभयो । यसअघि अप्रिल ८ मा १०० जना तथा गएको बिहीबार अरु १०० जना तालिवानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । 

सरकारले आउँदो दुई साताभित्रै एक हजार ५०० तालिवान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ । अमेरिका र तालिवानबीच भएको सम्झौतामा ५ हजार तालिवान लडाकू र तालिवानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया