नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ - भारतबाट अनाधिकृत रुपमा तरकारी तथा फलफूलको आयात गरिएको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको तरकारी तथा फलफूल बजारमा सिल गरिएको छ ।
मंगलबार बिहान गएको अनुगमन टोलीले भारतबाट अवैध रुपमा तरकारी तथा फलफूल भित्रिरहेको पाएपछि बजारमा सिल गरेको हो । उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चलगायतको संयुक्त अनुगमनपछि अवैध रुपमा आयातित भारतीय सामानको बिक्रीमा रोक लगाइएको छ ।
भारतीय सामान खुलेआम भित्र्याउने मनोज फ्रुट सेन्टर र सापकोटा तरकारी पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कोरोना क्वरेन्टीनमा पठाइएको छ । साथै उनीहरुको पसलमा पूर्ण रुपमा सिल गरिएको छ ।
कोरोना सङ्क्रमणको प्रकोप बढिरहेको समयमा पनि भारतबाट प्रक्रिया पूरा नगरी गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिनु भयो।
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उहाँले पालिकाले सर्वपक्षीय भेला राखेर भारतबाट तरकारी ल्याउन बन्द गर्ने भन्ने निर्णय गरेपनि त्यसको अवज्ञा गरेको जानकारी दिनुभयो । गाडी चालकबाट संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको जानकारी दिनुभयो।
हरेकदिन तरकारी बजारमा ५ वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेको पाइएको छ । पहिलो चरणमा तरकारी बजार ३ दिनसम्मका लागि बन्द गरिएको छ भने दुई पसलमा पूर्णरुपमा सिल गरिएको छ ।
स्थानीय बजारमा प्रशस्त तरकारी आउने भएको भए पनि त्यसको बेवास्ता गरेर भारतबाट तरकारी ल्याएर बिक्री गरिँदै आएको थियो । स्थानीय व्यवसायीहरुले भने स्थानीय उत्पादनले बजारको आवश्यकता पूरा नगर्ने भएकाले भारतीय तरकारी र फलफूल ल्याएको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।