१ मार्चपछि यूएईको भिसा सकिएको भए चिन्ता नगर्नुहोस्, सन् २०२० भरि नै कायम हुन्छ

 वैशाख २, २०७७ मंगलबार १५:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरि नै मान्यता दिने भएको छ । यूएई भित्रै भए पनि या बाहिर भए पनि यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएको भएमा सन् २०२० भरि नै अवधि थपिने खबर यूएईको सरकारी निकायलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

अब यो नियम लागू भएसँगै तपाईँ बिदामा घर फर्कनुभएको थियो तर कोरोनाका कारण यूएई फर्कन नपाउँदा मार्च १ पछि भिसाको अवधि सकिएको भएमा ३१ डिसेम्बर सन् २०२०सम्म भिसाको अवधि कायम हुनेछ ।

कोरोनाका कारण उत्पन्न समस्या र यसबाट बच्नका लागि यो नियम ल्याइएको यूएईको भनाई छ ।

यस्तै यूएईको आइडीको म्याद पनि मार्च एकभन्दा पछि सकिएको भएमा यही नियम लागू हुनेछ । तर मार्च एक भन्दा अघि नै भिसा र आइडीको म्याद सकिएको भएमा यो नियम लागू हुने छैन ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया