मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली पक्राउ

 वैशाख ३, २०७७ बुधबार १२:३९:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली श्रमिक पक्राउ परेका छन् । 

मलेसियाको जोहरबारुमा त्यहाँको स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजेतिर तरकारी किन्न बजार गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको उनीहरुसँगै बस्ने अभिषेक कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना रहेका छन् ।

लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो । तर सबैसँग पास भएको र एकैपटक धेरै जना निस्किएकाले प्रहरीले पक्राउ गरेको हुन सक्ने कार्कीको भनाई छ ।

चारैजना ओसीएस पीडब्ल्यू कम्पनीमार्फत त्यहाँको एउटा विद्यालयमा हाउसकिपिङ्को काम गर्छन् । कार्कीका अनुसार पक्राउपछि चारै जनाको मोबाइल स्विच अफ छ ।

त्यहाँको नियमअनुसार पासपोर्ट बुझाएर प्रतिव्यक्ति एकहजार मलेसियन रिंगिट  तिरेपछि सबै छुट्न सक्ने भनेर कम्पनी म्यानेवरले आश्वासन दिएको पनि कार्कीले बताउनुभयो ।

 

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया