काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ ।
कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।
बोर्डले ३ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ । कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rahul Yadav
April 16, 2020, 7:23 p.m.I will give exam.
Prashant malla
April 16, 2020, 12:45 p.m.धेरै त केहि भन्नु छैन , तर चित्त चाहिं कत्ति पनि बुझेन यो कुराले /
Shanta shrestha
April 15, 2020, 7:05 p.m.कुरा सुन्दा अचम्म लाग्यो । एक दुइ महिना परिक्षा ढिलो हिदा कुनै बिध्यार्थिको पनि भबिश्य बिग्रदैन । तर यहि परिक्षाको क्रममा केहि सङ्क्रमण बढ्यो भने त्यो सहि नसक्नु हुन्छ । यसमा सरोकारवालाहरु किन हतार गरिराखेका छन बुझ्न सकिएको छैन । कसरी थाहा हुन्छ नजिकैको बिध्यालयमा कोरोना आउदैन भनेर । केहि भए जिम्वेवार को हुन्छ ??