म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि र र्यापिड डाइग्नोस्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाब परीक्षण (पीसीआर) विधिबाट ३ सय ६९ जना र र्यापिड डायग्नोस्टिक ( आरडीटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् ।
विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्यापिड परीक्षण भएको छ । अहिलेसम्म दुवै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन् । जसमा पीसीआर विधिबाट ७ हजार २ सय ४० र आरडीटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् । देशभरी नै सरकारले आरडीटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको छ ।
ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । अहिले ४ हजार ९ सय १ जना अहिले क्वरेन्टीनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।