म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ ।
आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना भेटिएको मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ । त्यस्तै चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र अर्की ६३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)
— Ministry of Health & Population, Nepal (@mohpnep) April 17, 2020
अध्यावधिक मिति: २०७७ बैशाख ५ गते
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
madhav nepali
April 17, 2020, 8:50 p.m.हैन यो सरकारको कमजोरी होकि जनताहरु नै अटेरी गरेकाहुन हाम्रो जस्तो देशमा एकैदिन १४ जना संक्रमीत बाहिर आउनु भनेको निकै भयावह अबस्थातिर संकेत गर्दैनर ? के सरकारको काम आदेस जारिगर्नु मात्र हो ? हैन अनि जनतालाई चाही के भाको जहा हुनुहुन्छ तेहि बस्नुस भनियको हो झोला बोकेर जान भनेको हैन