लकडाउनमा पनि सडक र पुलको काम हुँदै,  काम गर्दा उच्च सर्तकता अपनाइने

 वैशाख ६, २०७७ शनिबार ९:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाढी र पहिरोको जोखिममा रहेका सडक र पुलको काम फेरि सुरु हुने भएको छ ।

काम हुने मुख्य महिना अर्थात चैत वैशाखमै लकडाउनको कारण काम रोकिएपछि बन्दै गरेका केही पुल र सडक बाढी र पहिरोको जोखिममा रहेका थिए ।

निर्माणको क्रममा रहेका झण्डै ७० वटा पुल बाढीको उच्च जोखिममा रहेका थिए भने मध्यपहाडी, हुलाकी, मदन भण्डारी सहित मुख्य राजमार्गका केहि खण्ड पनि बर्खा अघि नै निर्माण पूरा गर्नुपर्ने थियो । तर काम रोकिँदा चिन्ता बढेको थियो । 

जोखिममा रहेका पुल र सडकको काम सुरक्षित तरिकाले गर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रस्ताव पेश गरेको थियो ।

समितिको बैठकले यसबारेमा अति सतर्क भएर कामको लागि सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । गृहले वैशाख ४ गते ६२ वटा जिल्ला प्रशासनलाई पत्र लेखेर सुरक्षित रहेर र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर काम सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

काम सञ्चालन हुने वातावरण मिलेको भन्दै सडक विभागले पनि सडक विभाग अन्तरगतका कार्यालयलाई चिठि लेखेर काम थाल्न निर्देशन दिएको महानिर्देशक केशव शर्माले उज्यालोलाई जानकारी दिनुभयो । 

‘जोखिम झनै बढेको छ, निकै सतर्क रहेर, दूरी कायम गरेर, भिडभाड नगरी काम गर्नुपर्ने आवश्यकता छ, त्यसै अनुसार हामीले निर्देशन दिएका छौं ।’ महानिर्देशक शर्माले भन्नुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया