भारतमा ‘कोभिड-१९’सङ्क्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अझै पनि अत्यन्त प्रभावित

 वैशाख ६, २०७७ शनिबार १३:२१:१९ | रासस
unn.prixa.net

काठमाण्डौ - गएको २४ घन्टायता  भारतमा कोरोना भाइरसका ९ सय ९१ नयाँ सङ्क्रमितहरु थपिएका जनाइएको छ । 

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड-१९’ का सङ्क्रमितहरुको संख्या १४ हजार ३ सय ७८ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । 

भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार ९०६ कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण बाट ज्यान जानेको संख्या ४८० पुगेको छ ।

 शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ

महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या  ३ हजार ३२३ जना पुगेको शनिबार उक्त मन्त्रालय बताएको छ ।यसैबीच महाराष्ट्रमा ३३१ जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस सङ्क्रमण बाट २०१ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि कोरोना सङ्क्रमण को दोस्रो स्थानमा दिल्ली रहेको छ ।  यहाँ मात्र १ हजार ७०७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बाट ४२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना सङ्क्रमण भएका व्यक्तिको संख्या १ हजार ३२३ जना पुगेको शनिबार बिहान प्राप्त समाचार जनाइएको छ ।

यी सङ्क्रमितहरु मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना सङ्क्रमण बाट १५ जनाको मृत्यु  भइसकेको छ ।
कोराना प्रकोपको सङ्क्रमण को चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार २२९ कोरोना सङ्क्रमित रहेका शनिबार जनाइएको छ । ती मध्ये १८३ जना उपचारपछि घर फर्किसकेका छन्, भने एघार जनाको मृत्यु भएको छ । 

त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका सङ्क्रमण को पाँचौ स्थानमा रहेको यहाँ १ हजार ३१० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस सङ्क्रमित मध्ये ६९ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ । 

उत्तर प्रदेशमा कोभिड-१९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९६ यो सङ्क्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका सङ्क्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै सङ्क्रमित भेटिएका जनाइएको छ ।

भारतमा सङ्क्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ  । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो । 

 प्रधानमन्त्री मोदीले गत मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भन्नुभयो, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।

”यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उहाँले बताउनु भएको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया