म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाण्डाैकाे शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।
गएको चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।
काठमाण्डाै घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डाै आएकी थिइन् । गएको चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।