म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - नेपाली कांग्रेसले काेभिड १९ काे महामारीलाई लक्षित गर्दै भइरहेकाे राहत वितरणमा अनियमितता भएको ठहर गरेको छ । शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको हो।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व रहेका पालिकाहरुमा राहत वितरणमा पक्षपात भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । विभिन्न पालिकाबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रूत गतिमा सम्बन्धितसम्म राहत पुयाउन पनि कांग्रेसले सरकारलाई अपिल गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको भन्ने विषयलाई कांग्रेसले गम्भीर रुपमा लिएको छ । राहत वितरणको कार्यलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले पालिकामा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ ।’
सरकारले राहत स्वरुप बैंकको ब्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्ने गरी अगाडि बढ्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
साथै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारबाही प्रक्रिाय अगाडि नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।