हिँडेरै घर जान लागेकालाई चन्द्रागिरि नगरपालिकाले क्याम्पमा राख्यो

 वैशाख ६, २०७७ शनिबार १६:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरि नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लकडाउनका कारण हिँडेर घर जान लागेका नागरिकहरुलाई नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो । 

विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण उपत्यका हुँदै हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ । 

कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस् भनेर खाने र बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशङ्खेले बताउनुभयो । थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले तीन सय जना रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ । पिकनिक 'स्पट' भएकाले लकडाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उहाँले बताउनुभयो ।

 विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने र बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । 

क्याम्पबाट कोही बाहिर जान नपाओस् भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ ।  

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया