लकडाउनलाई प्रभावकारी बनाउन रसुवाका तीन स्थानमा सशस्त्र क्याम्प स्थापना

 वैशाख ७, २०७७ आइतबार १०:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन जिल्लाका तीन स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ । 

जिल्लाका पाँचवटै गाउँपालिकामा सशस्त्र प्रहरी परिचालन गर्ने जिल्ला सुरक्षा समिति रसुवाको निर्णयअनुसार सशस्त्र प्रहरी नपुगेको स्थानमा अस्थायी बेस क्याम्प स्थापना गरिएको हो । 

कालिकाको कालिकास्थान, नौकुण्डको पारच्याङ र उत्तरगयाको बेत्रावतीमा क्याम्प स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

‘यसअघि दुईवटा गाउँपालिकाको तीन स्थानमा सशस्त्र प्रहरी पुगिसकेको थियो’, उहाँले भन्नुभयो, ‘बाँकी स्थानमा शनिबारदेखि परिचालन भइसकेका छन् ।’

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन क्याम्प स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्मका प्रहरी नायब उपरीक्षक किरण पौडेलले बताउनुभयो । क्याम्प लकडाउन अवधिभर रहने उहाँको भनाइ छ । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र टिमुरे तथा आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा यसअघि नै सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अहिले थप भएका कालिकास्थानमा ११ जना, पारच्याङमा ९ जना र बेत्रावतीमा ९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया