म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ – लामो समयदेखि अस्तव्यस्त रहेको गौशाला–चावहिल सडकको निर्माण सुरु भएको छ । खानेपानीका पाइप सडकको बीच भागमुनि रहँदा पटक पटक भत्काउनुपर्ने बाध्यतालाई सधैँका लागि अन्त्य गर्दै काम थालिएको सडक विभागले जनाएको छ ।
पुराना पाइप हटाइएको र सडकको बीचमा नभइ सडकको छेउबाट पाइप लैजाने काम भएको विभागको दाबी छ । यो सडकलाई लकडाउन अवधिभित्रै सक्ने पनि काठमाण्डौ सडक डिभिजन प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । ‘सडकको काम सुरु भइसक्यो, टिप्परहरु माटो र गिटी ल्याउन काभ्रेतर्फ गएका छन्, लकडाउनभरिमा काम सक्ने हिसाबले लागेका छौँ । अब यो सडकको समस्या स्थायी रुपमै समाधान हुन्छ’, काठमाण्डौ सडक डिभिजन प्रमुख कुवेर नेपालीले उज्यालोसँग भन्नुभयो ।
एअरपोर्ट–सडक कालोपत्रे सकियो, थापाथली–त्रिपुरेश्वरमा काम हुँदै
लकडाउनका कारण अधुरो रहेको एअरपोर्ट–गौशाला सडकमा शनिबार दिनभर कालोपत्रे भएको छ । यो सडकखण्डको काम लगभग सकिएको र अब एक दुई दिनमा सडकमा रङ्ग रोगन गर्ने डिभिजन प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो ।
यस्तै थापाथली–त्रिपुरेश्वर सडकमा ‘ओभर ले’ को काम पनि सुरु भएको छ । ‘सामान्य अवस्थामा यी सडकमा पिच थप्न निकै गाह्रो छ, लकडाउनका बेला सहज हुने भएकाले हामीले सुरक्षाका उपाय अपनाएर काम थालेका हौँ’, नेपालीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।