काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
दाङ - घोराही उपमहानगरपालिका-१३ मा रहेको जलजला इँटा उद्योगबाट शुक्रबार भारतीय श्रमिकहरुलाई घोराही फिर्ता गरिएको छ ।
भागेर हिड्दै नेपाल–भारत सीमा क्षेत्रको भौका नाकाबाट भारत जान थालेका उनीहरुलाई अमिलिया प्रहरीले नियन्त्रणमा लिई घोराही फिर्ता गरेको हो । फिर्ता गरिएका भारतीय श्रमिकहरुलाई आइतबार जलजला इँटा उद्योगको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायबउपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिनु भयो ।
लामो समय लकडाउनका कारण रोजगारीका लागि दाङका इटा उद्योगहरुमा काम गर्न आएका झन्डै ७ हजार बढि भारतीय श्रमिकहरु समस्यामा परेका छन । उद्योग बन्दभएपछि कामविहीन भएका उनीहरुलाई खान बस्नसमेत समस्या पर्दै गएको छ ।
लकडाउनका कारण उद्योग बन्द हुदा मालिकले पैसा नदिने र घर जानसमेत नसक्ने अवस्था हुँदा उनीहरुको दैनिक जीवन कष्टकर बन्दै गएको छ । जिल्लाका ३६ वटा इटा उद्योगहरुमा भारतीय कामदार रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।