म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । एम्बुलेन्स चालक संघ, नेपाल ९ैं जिल्ला कार्य समिति का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको ६ दिनमै १ सय ५० भन्दा धेरैलाई सेवा दिएको जानकारी दिनुभयो ।
‘मुख्य गरेर डाइलोसि गर्नुपर्ने बिरामी , मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामी लाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले आजसम्म तीन सय बढी पटक सेवा दिएका छन’ उहाँले भन्नुभयो, ‘व्यक्तिको संख्या हिसाव गर्दा एक सय ५० जनालाई सेवा दिएका छौँ,उहाँहरुलाई घर वा डेराबाट अस्पताल र उपचारपछि अस्पतालबाट फेरि घर वा डेरा पुर्याउने गरेका छौँ । यसरी हेर्दा हामीले तीन सय बढी पटक सेवा दिएका छौँ ।’
अरु दिनको तुलनामा शनिबार कमले सेवा लिएको भन्दै अन्य दिन भने दिन–प्रतिदिन सेवा लिने बढी रहेको उहाँले जानकारी दिनुभयो ।
सापकोटाले सम्झौता अनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भए पनि उपत्यका र बाहिरबाट पनि बिरामी हरुले सेवाका लागि सम्पर्क गर्ने गरेको भन्दै त्यस्ता फोन दैनिक पचास जना भन्दा धेरै आउने गरेको जानकारी दिनुभयो ।
महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका बिरामी लाई बढी प्राथमिकता दिने गरेका छन् । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका बिरामी लाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाई छ ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई उपचारका लागि असहज नहोस भन्ने उदेश्यले आकस्मिक निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।
उहाँले लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । ‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध छ’ प्रमुख शाक्यले भन्नुभयो, ‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता बिरामी लाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाण्डौ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न आग्रह गर्दछु ।’
हाल पाँच ओटा एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेका छन् ।
सेवा लिनका लागि १०२ नंम्बर मा सम्पर्क गर्न सकिने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।