म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित, प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
डा. पुनले आज प्रेस विज्ञप्ति निकालेर आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयले सञ्चालन गरेको कोभिड–१९ को अभियानमा सहयोग पुर्याउनका लागि मन्त्रालयमा उपस्थित हुन पत्र प्राप्त भएको जानकारी दिनुभएको छ ।
यो विषयमा आज नै मन्त्रालयमा उपस्थित भइ सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तिमा उल्लेख छ । ‘यसलाई मैले वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएर आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु’, विज्ञप्तिमा भनिएको छ ।
उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध हुन पनि सबैलाई अनुरोध गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।