परदेशमा रहेका नेपालीलाई समस्या भए सम्पर्क गर्न र  बसेकै ठाउँमा सुरक्षित रहन श्रम मन्त्रालयको आग्रह

 वैशाख ८, २०७७ सोमबार ९:३१:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीलाई जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षितसाथ बसिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । 

यस्तो विपतको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय  गम्भीर भएको भन्दै मन्त्रालयले यस्तो अवस्थामा आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।

विभिन्न कारणले बेखर्ची भइ खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौता म्याद सकिएको तथा तलब लगायतका आफ्ना समस्या सम्बन्धित देशको दूतावासमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

आफ्ना समस्या मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा राख्न सकिनेछ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कलसेन्टरको फोन नम्बर +९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।

 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया