उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द

 वैशाख ८, २०७७ सोमबार ११:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द गरिएको छ । 

उदयपुरमा ठूलो संख्यामा सङ्क्रमित भारतीय नागरिक भेटिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले सोमबारदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्ता दिनको लागि बन्द गर्ने निर्णय गरेको हो । 

जिल्लामा कोरोना भित्रिने र सङ्क्रमणको उच्च जोखिम रहेकोले सोमबारदेखि हप्ता दिनको लागि जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो । 

यस अवधिमा लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तीलाई सिधै लगेर क्वरेटीनमा १४ दिन राखिने छन् । हप्ता दिनको लागि विशेषगरी खोटाङ र उदयपुरबीचको नाका पूर्ण रुपमा बन्द  रहने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया