पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल त्यागसम्बन्धी प्रावधान खुकुलो बनाउने गरी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । अब कुनैपनि राजनीतिक दलको केन्द्रिय कमिटी वा संघीय संसदको संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ दल दर्ता गर्न सकिने भएको छ ।
यसअघि संसदीय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत सदस्यको समर्थन बिनै दल विभाजन गरे मान्यता पाउँदैन थियो । नयाँ कानुनपछि दुईमध्ये एकमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल बनाए त्यसले मान्यता पाउनेछ ।
यस्तै श्रोतका अनुसार, संबैधानिक परिषदको काम कर्तव्य तथा अधिकारसम्बन्धी पहिलो संशोधन विधेयकमा परिषदको बैठकका लागि यसअघि अध्यक्ष सहित चार जना सदस्य हुनैपर्ने प्रावधान संशोधन गर्दै अध्यक्षसहित तीनजना मात्र सदस्य भएपनि बैठक बस्नसक्ने ब्यवस्था गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले धेरैलाई आश्चर्यमा पार्दै दल त्याग सम्बन्धी ब्यवस्था खुकुलो बनाउने र सँवैधानिक परिषदको बैठकमा अध्यक्ष र तीनजना सदस्यलाई गणपुरक मान्ने ब्यवस्था सहितको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो ।
यो निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आफूलाई पदमुक्त बनाउन खोजिए संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत समर्थन लिएर नयाँ दल खोल्न सक्ने गरी सजिलो बनाएको अर्थका रुपमा लिइएको छ । यसैबीच, नेकपाको सचिवालयको बैठक अहिले बसिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।