अध्यादेश जारी हुनु आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्तिः कांग्रेस

 वैशाख ८, २०७७ सोमबार २०:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मुख्य विपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई वटा अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर सोमबार जारी भएका दुवै विज्ञप्तिप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताउनुभएको हो ।

कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुपर्ने मुख्य दायित्व रहेका बेला सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै सबैभन्दा दुःखद घटना र यो ‘बेमौसमी बांसुरी’ भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संविधान निर्माण गर्दा राजनैतिक स्थिरताको व्यवस्था  गर्दै संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएकोमा नागरिक जीवन संकटमा रहेको अहिलेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थाको उल्लंघन गरेको आरोप पनि कांग्रेसले लगाएको छ ।

कांग्रेसले विधेयक तत्काल फिर्ता लिन माग गर्दै अरु विभिन्न खेलभन्दा माथि उठेर कोरोनाबाट नागरिकको जीवनरक्षामा केन्द्रित हुन सरकारलाई अपील पनि गरेको छ ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया