देशका विभिन्न भागमा वर्षा : पूर्वतिर चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

 वैशाख ९, २०७७ मंगलबार ६:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

अहिले पानी परिरहेको ठाउँमा अझै केहि बेर पानी पर्ने संभावना छ । आज देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन, हावाहुरी र कतै कतै असिना सहित पानी पर्ने सम्भावना रहेका उहाँले बताउनुभयो ।

प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले पर्सि बिहिबारसम्म नै देशभरीको मौसम आंशिक देखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ । तर आजको भन्दा भोलि कम हुने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया