भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघ्यो

 वैशाख ९, २०७७ मंगलबार १२:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १८ हजार नाघेको छ । 

अहिलेसम्म १८ हजार ६ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोना सङ्क्रमणबाट सबभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो जहाँ अहिलेसम्म ४ हजार ६ सय ६६ जना सङ्क्रमित भएका छन् भने २ सय ३२ जनाको ज्यान गइसकेको छ ।

यस्तै सबभन्दा कम प्रभावित राज्य मिजोरम र अरुणाचल प्रदेश हुन् जहाँ एक/एक जना सङ्क्रमित भएका छन् ।  

मन्त्रालयका अनुसार ३ हजार २ सय ५१ जना सङ्क्रमित निको भएका छन् भने ५ सय ९० जनाको ज्यान गएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया