सोलुखुम्बुको महाकुलुङमा रहेकालाई तत्काल राहत नचाहिने

 वैशाख १०, २०७७ बुधबार १७:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेकाहरुलाई तत्काल राहत आवश्यक नपर्ने भएको छ । 

गाउँपालिकाले संकलन गरेको विवरण अनुसार कोरोनाकै कारण तत्काल खान नपाउने अवस्था नदेखिएकोले अहिलेका लागि गाउँमा राहत नबाँड्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो । 

पहिलेदेखि नै आर्थिक अवस्था कमजोर रहेकाहरु भए पनि गाउँमा आफैँले उत्पादन गरेको अन्न रहेको र किनेर खानका लागि समेत खाद्यन्न पर्याप्त रहेकोले तत्काल भान्छा रित्तिने अवस्था नरेहेको स्थानीय बासिन्दाले बताएका अध्यक्ष कुलुङले बताउनुभयो । 

गाउँमा राहत आवश्यक नभएपछि गाउँपालिकाले काठमाण्डौलगायत विभिन्न सहरमा रहेका महाकुलुङवासीलाई उद्धार तथा राहत वितरण गर्ने निर्णय गरेको छ ।

काठमाण्डौ लगायतका सहरमा रहेर राहत वा उद्धार आवश्यक रहेकाहरुको विवरण संकलन भैरहेको र अहिलेसम्म १ हजार ४ सयभन्दा धेरैको विवरण प्राप्त भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले आफ्ना नागरिकलाई उद्धार गर्नको लागि संघीय सरकारसँग गाडीको लागि पहल गरिरहेको पनि अध्यक्ष किरातीले बताउनुभयो । उद्धार गरिएका नागरिकलाई गाउँमा लगेर १४ दिन क्वरेण्टीनमा राख्नुको साथै कोरोनाको र्यापिड टेष्ट गर्न प्रदेश सरकारसँग पहल भैरहेको किरातीले बताउनुभयो । 

सहरबाट गाउँमा लगेर सम्बन्धित वडामा रहेका विद्यालयहरुमा राखिने र त्यहाँ बस्न ओढ्ने ओछ्याउनेलगायत कपडा सम्बन्धित व्यक्तिले नै लैजाने वा गाउँमा रहेका आफन्तले व्यवस्था गर्ने र खानको व्यवस्था गाउँपालिकाले गर्ने तयारी रहेको अध्यक्ष किरातीले बताउनुभयो । 

तत्काल गाडीको पास नपाएमा भने अहिले रहेकै सहरमा राहत दिने तर लामो समय राहत दिनुभन्दा आफ्नै गाउँमा ल्याएर व्यवस्थापन सजिलो भएकोले त्यसको पहल भैरहेको अध्यक्ष किरातीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया