बारा : राहतमा अखाद्य दाल वितरण गरेको भन्दै नगरप्रमुखसहित १३ जनाविरुद्ध अभियोग पत्र दर्ता

 वैशाख १०, २०७७ बुधबार २०:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - अखाद्य दाल राहतस्वरूप वितरण गरेको भन्दै बारामा नगर प्रमुखसहित १३ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ । 

प्रहरीले कलैया उप-महानगरपालिकाका नगर प्रमुख, आठजना वडा अध्यक्ष, दुई जना उद्योगी र उद्योगका दुई जना कर्मचारी गरी १३ जनाविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दर्ता गराएको हो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत प्रहरीले नगर प्रमुखसहित १३ जनालाई जिल्ला प्रशासन कार्यालय पेश गरेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो । 

प्रहरी कलैया उप-महानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, कलैया उप-महानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नम्बर-७ का अध्यक्ष सर्फुल्लाह अंसारी, वडा नम्बर-११ का अध्यक्ष सर्वनारायण चौधरीविरुद्ध अभियोग पत्र दायर भएको छ । 

वडा नम्बर-१३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नम्बर-२६ का अध्यक्ष महेश साह र वडा नम्बर-२७ का अध्यक्ष रेयाजुल मियाँ असारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो । 

वीरगन्जमा रहेको धनलक्ष्मी दाल मिलका सञ्चालन तेजकरण शर्मा, कलैयामा यादव आइस एण्ड कोल्ड स्टोरका संचालक रवीन्द्र यादव, कोल्ड स्टोरका कर्मचारी कृष्ण यादव र बच्चु यादवलाई पनि अभियोग पत्र सहित जिल्ला प्रशासन कार्यालयमा पेश गरेको हो । 

वडा सचिव खेदु मियाँमाथि मुद्दा चलाउनु नपर्ने ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले हिरासत मुक्तगर्न आदेश दिएको छ। दुई जना वडाध्यक्ष भने फरार रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो । अहिले जिल्ला प्रशासन कार्यालय अभियुक्तहरुको बयान लिने काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया