दल दर्ता गर्न निर्वाचन आयाेग पुगे राजपा र समाजवादीका नेता

 वैशाख ११, २०७७ बिहीबार ११:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टी एकता भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी दलका नेताहरु नयाँ दल दर्ताका निर्वाचन आयोग पुगेका छन् ।

बुधबार राति राजपा र समाजवादीबीच एकता भएपछि नयाँ दल दर्ताका लागि नेताहरु आयोगमा पुगेकाे निर्वाचन आयोगले जनाएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरि चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ ।

राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दल विभाजन खुकुलो हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी फुट्ने हल्लालाई चिर्दै राजपा र समाजवादी पार्टीबीच एकता भएको हो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया