टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आफ्ना पालिकाका नागरिकलाई घर भित्र्याउन थालेको छ ।
विभिन्न कामको सिलसिलामा काठमाण्डौमा बसिरहेका र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई नगरपालिकाले बसको व्यवस्था गरेर गाउँ ल्याउन सुरु गरेको हो ।
बिहीबार बिहान काठमाण्डौबाट १२ वटा बसमार्फत ५सय ८६ सर्वसाधारण खोटाङको प्रमुख नाका जयरामघाट आइपुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । उनीहरुलाई होम क्वरेन्टीनमा राख्नेगरी नगरपालिकाले घरसम्म ल्याउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । बुधबार पनि नगरपालिकाका ५१ जना घर फर्किएका थिए ।
लकडाउनका क्रममा अन्य पालिकाका सर्वसाधारण आफैले बस रिजर्भ गरेर जयराम नाका प्रवेश गरेको नगरपालिकाले जनाएको छ । बिहीबार अन्य स्थानीय तहका ७४ सर्वसाधारण जिल्ला प्रवेश गरेको मेयर राईले बताउनुभयो ।
काठमाण्डौबाट नगरपालिका प्रवेश गर्ने स्थानीयलाई जयरामघाटमा स्वास्थ्य परीक्षणसँगै होम क्वरेण्टीन वा नगरपालिकाले तोकेको क्वरेण्टीनमा बस्नका लागि कबुलियतनामामा सहिछाप गराएर मात्र घर पठाउने व्यवस्था मिलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।