पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ - होटल सञ्चालकहरुले आफूहरुको व्यापार टाट पल्टने अवस्थामा पुगेकाले विशेष नीति ल्याउन माग गरेका छन् ।
कोरोना भाइरसको कारण सन् २०२० भरी नै जम्मा १० प्रतिशत मात्रै व्यापार हुने अनुमान गरिएकाले मजदूरको तलब, बैंकको ऋण, ब्याज, विद्युत महसुल, कर, घरभाडालगायतका समग्र क्षेत्रलाई समेटेर विशेष नीति ल्याउन होटल एशोसिएसन अफ नेपाल (हान)ले माग गरेको हो ।
हानले बिहीबार विज्ञप्तिमार्फत स्पेन,अष्ट्रेलिया र यूरोपका केही देशले सन् २०२० भरी नै नागरिकलाई ट्राभल एजभाइजरी जारी गरेको र सन् २०२१ बाट मात्रै अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने देखिएकाले होटलको आम्दानी ९० प्रतिशत कम हुने जनाएको छ । यस्तो अवस्थामा मजदूरको तलब, ऋण, ब्याज, करलगायतमा राज्यले उचित नीति बनाएर छुटको व्यवस्था गर्नुपर्ने हानको माग छ ।
सन् २००३ देखि २००५ सम्म पनि सार्स भारइसको कारण होटलको आम्दानीमा ५० प्रतिशतले कमी आएको, केही होटल बन्द भएको स्मरण गर्दै हानले यसपटक त्योभन्दा भयावह अवस्था रहेको सरकारलाई सचेत गरार्एको छ ।
यो वर्ष होटलहरुले कुनै पनि हालतका खर्च धान्न नसक्ने अवस्था आएको भन्दै हानले अर्बौ रूपैयाँको लागानीमार्फत होटल उद्योगले लाखौको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखेर नीति निर्माण गर्नलाई नेपाल सरकार तथा सरोकारवाला निकायहरूसँग हार्दिक अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।