धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको जानकारी दिनुभयो ।
एक जना सङ्क्रमितको भने अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको राजदूत पाण्डेले बताउनुभयो ।
मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३५ सय ४२ जना निको भएका छन् भने १९ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण मलेसियामा ९५ जनाको ज्यान गएको छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।