धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भोजपुर - भोजपुरको षडानन्ड नगरपालिका-१४ मा मापदन्ड अनुसारको क्वरेन्टीनको व्यवस्था नहुँदा क्वरेन्टीनमा बसेकाहरु समस्यामा परेका छन् । पालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमणको आशंकामा क्वरेन्टीनमा राखिएका १८ जना गुन्द्रीमा रात काट्न बाध्य भएका हुन ।
प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले क्वरेन्टीनमा मापदण्ड विपरीत बेडहरु राखिएको भन्दै क्वरेन्टीनमा बसेकाहरुलाई अरु रोगको संक्रमण फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, 'क्वरेन्टीनमा मापडण्ड विपरित वेड निर्माण गरिएको रहेछ । यसले झनै अन्य रोगको सङ्क्रमण फैलिने सक्ने डर बढेको छ ।’ वडा कार्यालयहरुले भने नगरपालिकाले सहयोग नगर्दा तत्कालको समस्या समाधानका लागि यस्तो क्वरेन्टीन निर्माण गर्नुपरेको जवाफ दिएका छन् ।
‘आवश्यक श्रोत साधनको अभावमा काम गर्न समस्या भयो। नगरपालिकाले चासो दिएन । मैले व्यक्तिगत लगानीमा म्याट, चामल खरिद गरेर दिएको छु । नगरपालिकाको मेयर र उपमेयरलाई पटक–पटक फोन गरे । उहाँहरु हेर्नसम्म आउनु भएको छैन्’, षडानन्द नगरपालिका १४ का वडाध्यक्ष झम्काबहादुर रोकाहाले बताउनुभयो ।
नगरपालिकाले आवश्यक श्रोत र साधानको आधारमा क्वरेन्टीन निर्माण गरेको जानकारी दिएको छ । ‘सकेसम्म मापडण्ड अनुसार बनाउने कोशिस गरेपनि धेरै ठाउँमा क्वरेन्टीन निर्माण गर्नुपरेकोले समस्या भएको छ', षडानन्द नगरपालिकाका उपमेयर मेरिका राईले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले, भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिका बाहेकका अधिकांश पालिकाले निर्माण गरेका क्वरेन्टीन मापडण्ड अनुसारको नपाइएकाले सुधार गर्न निर्देशन दिएको जनाएको छ ।
भोजपुरमा अहिलेसम्म ३३ जना क्वरेन्टीनमा तथा १०९ जना होम क्वरेन्टीनमा रहेका छन् । त्यस्तै जिल्लाभरी ३६७ क्वरेन्टीन र १४ वटा आइसोलेसन वार्ड निर्माण भएका छन् । जसमध्ये धेरै मापडण्ड विपरीतका रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।