ओमानमा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावासको आग्रह

 वैशाख १४, २०७७ आइतबार १५:५७:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानमा समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कोभिड १९ को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम त्यहाँ रहेका नेपाली श्रमिकहरुलाई पनि पर्ने भन्दै उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागेको दूतावासले जनाएको छ ।

https://om.nepalembassy.gov.np/information-collection-form/  लिङ्कमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । 

जतिसक्दो चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।

 

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया