नेकपाको भातृ संगठनका नेताहरुद्वारा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नाराबाजी

 वैशाख १६, २०७७ मंगलबार १९:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठनका नेताहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध नाराबाजी गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जथाभावी अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूका नेताहरुले भट्टराईविरुद्ध नाराबाजी गरेका हुन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक रेडियो अन्तरवार्तामा जथाभावि अभिव्यक्ति दिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

रेडियो कार्यक्रममा मानमर्दन गरेको, अमर्यादित शब्द प्रयोग गरेको भन्दै भट्टराईविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगेका नेताहरुले नाराबाजी गरेका हुन् । अनेरास्ववियु संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेलपनि नाराबाजीमा सहभागि थिए ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु डा. भट्टराई, हिसिला यमी र आङ्काजी शेर्पाविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालय पुगेका थिए । 

सरकारी वकिल कार्यालय अगाडि नै समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पनि नाराबाजी गरेका छन् । 

पार्टीका सांसद सुरेन्द्र यादवलाई अपरहण गरेको भन्दै पूर्व आइजीसहित बहालवाला सांसदविरुद्ध सरकारी वकिल कार्यालयले जाहेरी लिन अस्वीकार गरेपछि उनीहरुले नाराबाजी गरेका हुन् ।

समाजवादी पार्टीका नेताहरु पूर्वआइजी सर्वेन्द्र खनाल र सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगेका थिए ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया