लकडाउनका कारण समस्यामा परेकालाई राहत दिनुपर्नेमा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीको जोड

 वैशाख १६, २०७७ मंगलबार २०:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - पूर्व अर्थमन्त्री र अर्थशास्त्रीहरुले लकडाउनका कारण समस्यामा परेका व्यक्ति, वर्ग र क्षेत्रलाई राहत दिनुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसले गरेको छलफलमा पूर्व अर्थमन्त्रीहरु र अर्थशास्त्रीहरुले नेपाली नागरिकले कष्टकर अवस्था भोगिरहेका बेला अनिवार्य राहत दिन तथा जरुरी रहेका व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले प्रभावकारी कदम चाल्न आवश्यक रहेकोमा जोड दिएको कांग्रेसले जनाएको छ ।

बैठकका सहभागीले कोरोनाको विश्वब्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीतिका बारेमा पर्याप्त छलफल गरी उपयुक्त कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । 

कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा भएको बैठकमा पूर्व अर्थमन्त्रीहरु  रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, अर्थशास्त्रीहरु पृथ्वीराज लिगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल, स्वर्णीम वाग्ले, अच्युत वाग्ले, पोषराज पाण्डे, प्रभु बुढाथोकी, विश्व पौडेल, लगायत सहभागी रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया