रुपन्देहीको क्लबलाई हराउँदै चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा
पुस ३, २०८१ बुधबार
म अहिले यूएईमा एक सेक्युरिटी कम्पनीमा काम गर्छु । यो काम यूएईमा राम्रो पनि थियो । तर अहिले कोरोनाको सङ्क्रमण बढेसँगै जोखिम र तनाब बढ्यो यो काममा।
कम्पनीले पनि मनपरी गर्न थाल्यो । हाम्रो स्वास्थ्य सुरक्षाको त कुरै नगरौं । जोखिम धेरै भएको ठाउँमा काममा खटाउने गर्छ ।
जस्तै अस्पताल, कोरोना सङ्क्रमित राखेको आइसोलेशन लगायतका ठाउँमा ।
यस्तो ठाउँमा काम गर्दिनँ भन्दा सुखै पाईंदैन । यस्ता ठाउँमा काम गर्ने धेरैलाई कोरोना सङ्क्रमण भइसकेको छ, हाम्रै कम्पनीकालाई पनि । अब हाम्रो पालो आयो ।
हामीलाई कम्पनीले अब यस्तै जोखिमका ठाउँमा खटाउँदैछ । जान्नँ भन्न पनि पाइन्न । कि काम गर कि राजीनामा दिएर घर जा भन्छ । तर कसरी ? काममा गएन भने तलब काटिदिने लगायतका विभिन्न सजाय त छँदैछ ।
बस्ने ठाउँमा पनि यस्तै समस्या छ । प्रहरीले हाम्रो क्याम्पलाई कति समयसम्म त लक गरेर नै राख्यो ।
यहाँ क्याम्पमा धेरै जनालाई सङ्क्रमण देखिएपछि कति समय त साथीकोमा गएर समेत सुतें । तर कहिलेसम्म भाग्ने ? यहाँ बस्ने हो भने काम गर्नुपर्छ ।
तर काम गर्दा कोरोना सङ्क्रमणबाट बच्न गाह्रो छ । के गर्ने होला सोच्न सकेको छैन। कोरोनाको त्रासका बेला कम्पनीले मानसिक तनाब दियो हामीलाई ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramrishna Ganesh
May 1, 2020, 5:53 a.m.जति सक्दो सबै खाडी मुलुकमा बस्ने हरुलाइ आफ्नो देश लानु पर्छ।।। यहाँ काम गर्नु पर्छ काम गर्दा कोरोना लाग्ने डर मेरो प्रतिक्रिया यति मात्र छ कि सबै लाई आफ्नो देश फर्काउनु पर्छ जे हुन्छ आफ्नो देशमा हुन्छ पर्देशी लाई गारो छ अहिलेको समयमा आफ्नै परिवार सङ बस्नु पाउँदा ठिक हुन्छ।।